Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल–चीन सिमानस्थित रसुवागढीको मितेरी पुल लगायत संरचना निर्माण सुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गएको असार २४ को भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुललगायतका संरचनाको निर्माण सुरु भएको छ । रसुवागढीस्थित ल्हेन्देखोलामा बेलिब्रिज निर्माणको काम सुरु भएको सडक विभागले जनाएको छ ।

विभागका अनुसार नेपाल–चीन सीमास्थित मैत्री पुल रहेको ठाउँमा बेलिब्रिज तथा बाढीपहिरोबाट बगेका सडकलगायतका संरचनाको निर्माण कार्य सुरु भइसकेको हो । चीन सरकारले सो निर्माण सुरु गरेको विभागले जनाएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल र स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड बगाएपछि चीनसँगको सो व्यापारिक नाका ठप्प भएको थियो । बाढीपहिरोले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म विभिन्न स्थानमा गरेर करिब एक किलोमिटर सडक बगाएको थियो, जस कारण स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको आवतजावत ठप्प भएको थियो । त्यसै गरी सोही दिनको बाढीपहिरोले रसुवागढीबाट केरुङतर्फ जाने २५ किलोमिटर सडकमा समेत क्षति पु¥याएको थियो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीपहिरोबाट बगेको मितेरी पुलको ठाउँमा बेलिब्रिजलगायतका संरचनाको निर्माण भदौ ३० गतेसम्म सम्पन्न गरिसक्ने जानकारी चिनियाँ पक्षले गराएको बताएका छन् ।

Health Tips Ad Road Block