Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मधेशका किसानका लागि विषेश कार्यक्रम ल्याउने तयारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मधेश प्रदेशमा खडेरीका कारण धेरै किसानले धान रोप्न नपाएपछि मर्कामा परेका कृषकहरुका लागि संघीय सरकारले विषेश कार्यक्रम ल्याउने तयारी गरेको छ । मधेश प्रदेशलाई प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गरिसकेको छ भने संघीय सरकारले पनि विषेश कार्यक्रम ल्याउन लागेको कृषि मन्त्री रामनाथ अधिकारीले जानकारी दिएका छन् ।

उनले मधेश प्रदेशमा खडेरी परेकाले धेरै किसानहरुले धान रोप्न नपाएको र किसानहरु मर्कामा पर्नुका साथै अन्नको अभाव हुने भएकाले संघीय सरकारले केही विषेश कार्यक्रम ल्याउनु पर्ने प्रस्ताव आफूले राखेको उनको भनाई छ ।

कृषि मन्त्रीले गरे मलमा पारदर्शी व्यवस्था, माग अनुसारको दिन नसक्ने स्पष्टोक्ति

कषि मन्त्री रामनाथ अधिकारीले अनुदानको मल वितरणका लागि पारदर्शी व्यवस्था बनाएको बताएका छन् । कति मल छ, कहाँ कहाँ कति कति पठाइएको छ भन्ने लगायतका विवरण सबैले हेर्न मिल्ने बनाइको उनको भनाई छ।

विगतमा लुकाएर वा पक्षपातपूर्ण तरिकाले मल वितरण गर्ने गरिएको र प्राथमिकतामा पर्नु पर्ने किसानहरुले नपाएर अन्याय भएकोमा अवदेखि न्ययोचित हुने व्यवस्था गरिएको मन्त्री अधिकारीले जानकारी दिए । उनले मलका लागि सरकारले छुट्याएको ९८ प्रतिशत रकम मलकै लागि खर्च गरिएको पनि स्पष्ट पारे ।

“किसानले चाहे जतिको मल दिन नसकिएको पक्का हो, त्यो हाम्रो क्षमताले मात्रै हुदैन भन्ने कुरा सबैले बुझिदिनु पर्यो,” मन्त्री अधिकारीले भने ।

Health Tips Ad Road Block