Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

शुक्रबार काठमाडौंमा नेपाल-चीन साँस्कृतिक सम्मेलन २०२५ हुँदै 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । शुक्रबार काठमाडौंमा नेपाल-चीन साँस्कृतिक सम्मेलन २०२५ हुने भएको छ । फोनिक्स इन्स्पाइरेसन संस्थाको आयोजनामा नेपाल चीन साँस्कृतिक सम्मेलन २०२५ हुन लागेको हो । नेपाल पुलिस क्लबको द ब्ल्यू पेविलियन प्रदर्शनी मार्गमा साउन २ गते बिहान १० बजे सम्मेलन आयोजना गर्न लागेको हो ।

कार्यक्रमको प्रमुख उद्देश्य दुई मित्र देशको भाषा र संस्कृति आदानप्रदान गर्नु रहेको आयोजकले  पत्रकार सम्मेलन गरी बताएको छ । ‘यस्तो कार्यकम हामीले तेस्रो पटक आयोजना गर्न लागेका हौं। यो वर्ष दुईदेशको ७० औ दातृ सम्बन्धको अवसरमा आयोजना गर्न लागिएको छ ।’ आयोजकले भनेको छ ।

कार्यक्रममा नेपाल र चीनका विद्यार्थीहरुले दुई देशको संस्कृत झल्काउने गीत तथा नृत्यहरु पस्किनेछन् ।

आयोजकले विज्ञप्तिमार्फत भनेको छ, ‘हामी दुई देशको सम्बन्ध अझै प्रगाढ बनोस् भन्ने चाहना राख्दछौं। त्यसकारण हाम्रो सम्बन्धको ७० औं वर्ष पुगेको अवसरमा नेपालबाट शिक्षक र विद्यार्थीहरु गरेर ७० जना र चीन तर्फको पनि सोहि संख्यामा शिक्षक र विद्यार्थी आदान प्रदान भएको छ। नेपाल तर्फबाट ७० जनाको टोलीले जुलाईको पहिलो हप्तामा चीन भ्रमण गरेको थियो भने चिनियाँ पक्षबाट जुलाईको मध्यतिर नेपाल भ्रमण गरेको छ ।’

साउन २ गते हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । चीनको तर्फबाट राजदूत छन सोङको उपस्थिति रहनेछ ।

पत्रकार सम्मेलनमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष पाण्डेले नेपालमा चीनको एउटा बैंक आवश्यक रहेको भन्दै कुटनीतिक पहलबाट यसलाई  तत्काल व्यवस्थापन गराइदिन सरकारसँग माग गरे ।

संस्थाले नेपाल-चीन सांस्कृतिक आदान प्रदान होस् भन्ने चाहनामा विभिन्न क्रियाकलापहरु गर्दै आएको जनाएको छ । संस्थाले विभिन्न विद्यालयमा चिनियाँ भाषाको कक्षा संचालन गरिरहेको छ । यसो गर्दा चिनियाँ भाषामा दख्खन हुने नेपालीहरुले स्वतः रोजगारी पाइरहेका छन् । साथै चिनियाँ कथा, लघुकथा, वालसाहित्य, उपन्यास लगायतलाई नेपालीकरण गरि साहित्य क्षेत्रको समेत ज्ञान आदान प्रदान गर्ने जमर्को गर्दै आएको जनाएको छ ।

यसले चिनियाँ भाषामा पोख्त भएका नेपालीहरुले कामको अवसर पाएका छन् भने संस्थाले चिनियाँ टेलिफिल्मको समेत नेपालीकरण गर्दै आएको छ। चिनियाँ भाषा जान्नेले अनुवादको रोजगारी पाएका छन् भने चिनियाँ भाषामा दख्खल नहुने कलाकारले समेत आफ्‌नो भूमिका पाएको संस्थाले जनाएको छ ।

त्यस्तै संस्थाले  विद्यार्थीहरुको आदानप्रदान, शिक्षकहरुको तालिम, प्रधानाध्याकहरुको औपचारिक भ्रमणहरु र अनलाइनमार्फत दुई देशको चाडपर्व तथा रहनसहनको आदानप्रदान गर्दै आएको जनाएको छ । हरेक महिना चिनियाँ भाषा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई विभिन्न प्रतियोगितामा समेत सहभागी गराउँदै आएको संस्थाका प्रमुख
बिनोद ब्लोनले जनाएका छन् ।

Health Tips Ad Road Block