Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

यसरी भयो हिम स्टार उर्जा कम्पनीको आईपीओ बाँडफाँड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको जारी पूँजी रु.३७,३०,००,००० को ३०% अर्थात् रु.११,१९,००,००० रकम बराबरको रु.१०० अंकित दरको ११,१९,००० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गरिएको शेयर मध्ये जारी पूँजीको ५% अर्थात रु.१,८६,५०,००० रकम बराबरको रु.१०० अंकित दरका १,८६,५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई तथा जारी पूँजीको २५% अर्थात रु.९,३२,५०,००० रकम बराबरको रु.१०० अंकित दरका ९,३२,५०० कित्ता शेयर मध्ये ९३,२५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई निष्काशन गरी बाँडफाँड गरिएको थियो ।

साथै सामूहिक लगानी कोषहरुलाई ४६,६२५ कित्ता शेयर र कर्मचारीहरुलाई सुरक्षित गरिएको १८,६५० कित्ता शेयरको समेत बाँडफाँड पश्चात् बाँकी रु.७,७३,९७,५०० रकम बराबरको रु.१०० अंकित दरका ७,७३,९७५ कित्ता साधारण शेयरहरु असार २४ गतेदेखि २७ सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । त्यसमा माग गरेको शेयरभन्दा बढी शेयर खरिदको लागि आवेदन असार २७ सम्ममा नै प्राप्त भएको र शेयरको निष्काशन तथा बिक्री बन्द सोही मितिमा गरिएको थियो ।

उक्त साधारण शेयर निष्काशनमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट निम्न बमोजिम आवेदन प्राप्त भएको र उक्त आवेदनहरुको आवश्यक प्रशोधन पश्चात् शेयरको बाँडफाँड गरिएको हो ।

बिक्री प्रबन्धकका अनुसार ‘निष्काशनको समयमा सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट जम्मा २०,४४,४५६ जना आवेदकहरुबाट जम्मा २,४०,१३,९७० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएको थियो । सो मध्ये सम्बन्धित सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट विभिन्न कारणबाट १,४४,१६७ जना आवेदकहरुबाट २७,१८,२४० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रद्द गरे पश्चात् जम्मा १९,००,२८९ जना आवेदकहरुबाट २,१२,९५,७३० कित्ता शेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको थियो । साथै निष्काशन तथा बिक्री प्रबन्धकबाट आवेदन रुजु गर्दा २,५७७ जना आवेदकबाट ३१,४५० कित्ता शेयर खरिदको लागि दोहोरो आवेदन प्राप्त भएकोले निष्काशन तथा बिक्री प्रबन्धकले रद्ध गरेको थियो । १५७ जना आवेदकहरुबाट प्राप्त २,४५० कित्ता शेयर स्थानिय बासिन्दाहरुलाई निष्काशन गरेको समयमा शेयर आवेदन गरेका र बाँडफाँडमा समेत शेयर पर्न सफल भएका, २,१४८ जना आवेदकहरुबाट प्राप्त ३०,१७० कित्ता शेयर बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको समयमा शेयर आवेदन प्राप्त भई बाँडफाँडमा समेत शेयर पर्न सफल भएका तथा ३१ जना हाल कायम संस्थापक शेयरधनीहरुबाट ३३० कित्ता शेयर खरिदका लागि प्राप्त आवेदनहरु समेत गरी जम्मा ४,९१३ जना आवेदकहरुबाट प्राप्त ६४,४०० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रितपूर्वक नदेखिएकोले उक्त आवेदनहरुलाई रद्द गरी बाँकी हुन आएका जम्मा १८,९५,३७६ जना आवेदकहरुबाट प्राप्त जम्मा २,१२,३१,३३० कित्ता शेयर खरिदको लागि प्राप्त आवेकहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ता देखि १०,००० कित्ता शेयर खरिद आवेदन गर्ने ७७,३९७ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ता शेयरको दरले जम्मा ७,७३,९७० कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको ५ कित्ता शेयर २० कित्तादेखि १०,००० कित्ता शेयर आवेदन गर्ने आवेदकहरु मध्ये शेयर पर्न सफल आवेदकहरुलाई पूनः गोलाप्रथाको माध्यमबाट थप १ कित्ता शेयरका दरले ५ जना आवेदकहरुलाई निष्काशन तथा बिक्री प्रबन्धक, निष्काशनकर्ता कम्पनी, नियमनकारी निकायका प्रतिनिधीहरु र प्रोफेशनल कम्प्युटर सिस्टम प्रालिका प्रतिनिधि लगायत सर्वसाधारण लगानीकर्ताहरुको उपस्थितिमा बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।’

साथै बाँडफाँडको नतिजा यस क्यापिटलको वेवसाईट वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेवसाईटबाट हेर्न सकिने कम्पनीले जनाएको छ ।

 

Health Tips Ad Road Block