Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

डाना कप–२०२५ मा नेपालको ऐतिहासिक सहभागिताः औरियमको नेतृत्वमा भविष्यको सपना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । औरियम एकेडेमीको नेतृत्वमा, नेपालले डाना कप २०२५ मा तीन टोलीसहित सहभागिता जनाउँदैछ जुन युरोपको सबैभन्दा प्रतिष्ठित युथ फुटबल प्रतियोगितामध्ये एक हो। यसपटक रातो बंगला स्कुलका यू१२ ब्वाइज टोली र यू१४ गर्ल्स टोली र संस्कृति इन्टरनेशनल स्कूलको यू१४ ब्वाइज टोलीले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछन् ।

यस सहभागितालाई अझ ऐतिहासिक बनाउने पक्ष भनेको हो यू१४ गर्ल्स टोली, जुन युरोपियन फुटबल प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली यू१४ बालिका टोली बन्ने ऐतिहासिक कीर्तिमान राख्दैछ। यो सफलताले केवल रातो बंगला स्कुल र औरियमको गौरव मात्र बढाएको छैन, यसले नेपालको बालिका फुटबलको इतिहासमै नयाँ पाटो कोरेको छ।

रातो बंगला स्कुल र संस्कृक्ति इन्टरनेशनल स्कूलले लामो समयदेखि वि‌द्यार्थीहरुको समग्र विकासमा जोड दिँदै आएका छन्। उनीहरुको औरियमसँगको सहकार्यले युवा खेलाडीहरूको प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पुऱ्याउने दिशामा नयाँ ढोका खोलेको छ।

प्रतियोगिताको तयारीमा खेलाडीहरूको लगाव, प्रतिबद्धता र मेहनत प्रेरणादायक रहेको छ । उनीहरुले दक्ष प्रशिक्षकहरूको नेतृत्वमा शारीरिक, प्राविधिक र मानसिक पक्षहरूमा उच्चस्तरीय प्रशिक्षण प्राप्त गरेका छन् ।

औरियम एकेडेमी यस सम्पूर्ण यात्राको प्रमुख संयोजक र व्यवस्थापकको भूमिकामा रहेको छ। स्पोर्ट्स फर मेन्टल हेल्थ र ग्रासरुट फुटबल विकासलाई प्राथमिकता दिँदै आएको औरियमले यस अभियानलाई एक धरोहरको रुपमा अगाडि बढाएको छ। अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली खेलाडीहरुलाई निरन्तर अवसर दिँदै जानु औरियमको प्रमुख उ‌द्देश्य रहेको बताएको छ ।

यी टोलीहरू युरोपेली भूमिमा पुग्दा उनीहरु सँगै एक देशको सपना, आत्मविश्वास र प्रेरणा बोकेर जानेछन् । यो सहभागिता केवल एउटा प्रतियोगिता मात्र नभइ यो नेपालको युवा फुटबलको पुनर्जागरणको संकेत भएको र सशक्त र उज्यालो भविष्यतर्फ अग्रसर रहेको बताइको छ ।

Health Tips Ad Road Block