Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मन्जुश्री फाइनान्सद्धारा कोहलपुर नगरपालिकालाई १ लाख बराबरको स्वास्थ्य उपकरण तथा केमिकल्स हस्तान्तरण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेड, नेपालगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोहलपुर नगरपालिकालाई नगर स्वस्थ प्रबर्धन केन्द्र संचालन गर्न करिब १ लाख बराबरको स्वास्थ्य उपकरण तथा केमिकल्स ब्यबस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरेको छ ्र सो कार्यक्रममा मन्जुश्री फाइनान्सलाई प्रतिनिधित्व गर्दै नेपालगंज शाखाकी कार्यालय प्रमुख स्नेहा भुसालले नगरपालिकालाई सो सामग्री वितरण गरेकी हुन् । फ्ना विभिन्न शाखाहरुमार्फत मन्जुश्री फाइनान्सले आफ्नो सामाजिक दायित्वलाई पुरै जोशका साथ पुरा गर्दै आएको छ भने आगामी दिनहरुमा पनि अझै समाजको उन्नतिको लागि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन्छ भन्ने विश्वास लिइएको छ ।

मन्जुश्रीले हालसम्म रु २२ अर्व निक्षेप संकलन गरि करिब १८।२ अर्व कर्जा परिचालन गरेको छ ।्र निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको जनाएको छ ।

हाmलको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाई सेवा पुर्याउँदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको दाबी गरिएको छ ।

Health Tips Ad Road Block