काठमाडौं । घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै भेटायोले प्रति सिटर रु. ६०० मा प्रोफेशनल सोफा सफाइ सेवा सुरू गरेको घोषणा गरेको छ। यो सेवा हाल काठमाडौं उपत्यकाभित्र उपलब्ध छ, जहाँ ग्राहकहरूले आफ्नो घरमै बसेर सेवा प्राप्त गर्न सक्नेछन्। यसले ग्राहकको समय र श्रम दुवैबाट छुटकारा दिलाउने बताइएको छ।
‘हाम्रो दैनिक जीवनमा बारम्बार प्रयोग हुने सोफामा धुलो, दाग, र ब्याक्टेरिया सजिलै जम्ने गर्दछ। लामो समयसम्म सफा नगर्दा सोफाको आकर्षण मात्र होइन, परिवारको स्वास्थ्यमा समेत असर पर्न सक्छ—जसले खोकी, एलर्जी, र छालासम्बन्धी समस्याहरू निम्त्याउन सक्छ। त्यसैले नियमित र विशेषज्ञद्वारा गरिने सफाइ अत्यावश्यक हुन्छ।’ भेटायोले भनेको छ ।
भेटायोको अनुभवी सफाइ टोलीले इको–फ्रेन्डली र उच्च गुणस्तरका सफाइ सामग्रीहरू प्रयोग गरी सोफालाई नयाँजस्तै चम्किलो बनाउने बताइएको छ । धुलो, दाग, गन्ध र जीवाणुहरूलाई प्रभावकारी रूपमा हटाउन विशेष प्रविधि अपनाइन्छ। सेवा सम्पन्न गर्न औसतमा ४० मिनेटदेखि १ घण्टा लाग्ने भेटायोले जनाएको छ।
सेवा बुकिङ प्रक्रिया सेवा बुक गर्न भेटायो मोबाइल एप प्रयोग गर्न सकिन्छ वा भेटायोको कल सेन्टर (फोनः९८०१०८८०८०) मा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ । ग्राहकले आफूलाई उपयुक्त मिति र समय छानेपछि, तोकिएको समयमा भेटायोको टोली घरमै पुगेर सफाइ र सुख्खाइ प्रक्रिया सम्पन्न गर्ने बताइएको छ ।
अन्य सेवाहरू
यसैगरी भेटायो एपमा १५ भन्दा बढी सेवाहरू उपलब्ध छन् जसमा प्लम्बिङ, इलेक्ट्रिसियन, पेस्ट कन्ट्रोल, हाउस क्लनिङ्,ड्राइभर सेवा लगायत अन्य धेरै सेवाहरू रहेका छन् ।






















