Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल टेनिस संघद्वारा आयोजना हुने दिविस कप २०२५ छनौट प्रतियोगिता २ जुनदेखि सुरु हुने

Citizenlife ad 2082 falgun to baishak 2083

ललितपुर । नेपाल टेनिस संघले जुलाई १४ देखि मलेशियामा आयोजना हुन गइरहेको दिविस कप २०२५ ९ग्रुप–४० प्रतियोगिताका लागि नेपाली टिम छनौटका उद्देश्यले २ जुन २०२५ (सोमबार) देखि छनौट प्रतियोगिता सञ्चालन गर्ने भएको छ।

संघका अनुसार कुल ४ जना खेलाडी मलेशियामा हुने प्रतियोगिताका लागि छनोट गरिनेछ। तीमध्ये एक खेलाडीलाई अन्तर्राष्ट्रिय टेनिस महासंघ वा एटीपी रैंकिङको आधारमा र एक जनालाई राष्ट्रिय रैंकिङमा पहिलो स्थानमा रहेका खेलाडीको रूपमा प्रत्यक्ष संरक्षण दिइनेछ । बाँकी २ जना खेलाडीका लागि प्रतिस्पर्धात्मक छनौट प्रतियोगिता आयोजना गरिने छ।

यदि कुनै पनि खेलाडीले आइटीएफ वा एटीपी रैंक नपाएको खण्डमा भने, राष्ट्रिय रैंकको नम्बर १ खेलाडीलाई समावेश गरी बाँकी ३ स्थानका लागि छनौट प्रतियोगिता गरिनेछ।

संघले अद्यावधिक राष्ट्रिय सिडिङअनुसार शीर्ष ८ स्थानमा रहेका खेलाडीलाई छनौट प्रतियोगितामा सहभागी गराउने निर्णय गरेको छ। आवश्यक परेमा त्यस सूचीबाहिरका खेलाडीहरूलाई समेत प्रतिस्थापनको रूपमा समावेश गरिनेछ। साथै, नेपालबाहिर रहेका योग्य नेपाली खेलाडीहरूबाट अधिकतम ४ जनालाई आवेदनको आधारमा छनौटमा सहभागी गराइने बताइएको छ।

छनौट प्रतियोगिता सातदोबाटो टेनिस कम्प्लेक्स, ललितपुर मा बिहान ८ः०० बजे साइन–इन पछि सुरु हुनेछ। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले साईन–इन अनिवार्य रूपमा गर्नुपर्नेछ।

संघले स्पष्ट पारेको छ कि आइटीएफ–एटीपी रैंक प्राप्त वा नेशनल नम्बर १ खेलाडीहरूले छनौट प्रतियोगिताको २ हप्ता अगाडि, अर्थात् २०२५ मे १९ भित्र संघमा औपचारिक निवेदन दिनुपर्नेछ। यसै मितिसम्मको अद्यावधिक सिडिङलाई छनौट आधार मानिने संघले जनाएको छ।

नेपाल टेनिस संघले यस प्रक्रिया मार्फत निष्पक्ष र प्रतिस्पर्धात्मक छनौट सुनिश्चित गर्दै नेपालको प्रतिनिधित्व गर्ने बलियो टोली चयन गर्ने विश्वास व्यक्त गरेको छ।

Health Tips Ad Road Block