काठमाडौं । बजारमा पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँले घटेको छ । नेपाल आयल निगमले मूल्य घटाएको जानकारी दिएको हो । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु. १ ले घटाएको निगमले जनाएको छ।
इण्डियन आयल कर्पोरेशनबाट जुलाई १५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रु. ५.०३ र डिजेलमा रु. १.३० ले घटेर आएको छ। निगम सञ्चालक समितिको असार ३१ को निर्णयानुसार नेपालमा मूल्य घटाइएको हो । घटाइएको मूलय आज बिहानदेखि लागु भएको छ ।























