Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तपाईँको शेयर छ ? बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर निष्काशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार ३१ गते देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । अर्थात् कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको आधारमा जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयरमा साउन १९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गरेको छ ।

शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खांदबारी र धरान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकममध्ये १ करोड ५८ लाख रुपैयाँ क्षतिग्रस्त हेवाखोला जलविद्युत आयोजनाको पुननिर्माण तथा अन्य खर्चका लागि प्रयोग गरिनेछ भने बाँकी ५२ करोड रुपैयाँ जलशक्ति हाइड्रो कम्पनी प्रा।लि।मा लगानी र अधिग्रहणका लागि प्रयोग गरिनेछ।

Health Tips Ad Road Block