Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नीतिगत क्षेत्रमा भन्दा कृषि क्षेत्रमा छिटो परिणाम देखाउन सकिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले नीतिगत क्षेत्रमा भन्दा कृषिमा परिणाम देखाउन सकिने बताएका छन् । काठमाडौंमा आयोजित रैथाने बीउ तथा पशु नस्ल संरक्षण, विकास र पवर्धनः आत्मनिर्भर कृषि र राष्ट्रिय स्वाभिमानको आधार विषयक राष्ट्रिय नीति संवाद कार्यक्रममा आयोगका उपाध्यक्ष अधिकारीले कृषि क्षेत्रमा छोटो समयमै परिणाम देखाउन सकिने तर नीतिगत क्षेत्रमा भने परिणाम देखिन ढिलो हुने, देखिए पनि कुन दिशामा जाने र त्यसको असर कस्तो हुने आङ्कलन गर्न गाह्रो पर्ने बताए ।

उपाध्यक्ष अधिकारीले कृषिमा रैथाने र हाइब्रिड मध्ये कहाँ कुनलाई कसरी लिने भन्ने बारेमा प्रश्न रहेको भन्दै उत्पादन, आर्थिक वृद्धि, बजारिकुका हिसाबले हेर्ने हो भने हाइब्रिडलाई महत्त्व दिनुपर्ने तर रैथाने बालीले इको सिस्टमलाई संरक्षण गर्ने, पोषण मूल्यलाई अभिवृद्धि गर्ने महिलाहरूको आयआर्जनलाई बढाउने भएकाले यसलाई पनि बिर्सन नहुने धारणा राखे ।

उनले कति मुरी, कति केजी उत्पादन भयो भन्दा पनि यसले कति वातावरणीय संरक्षण र सुरक्षा प्रदान ग¥यो, कति महिलाहरूको आयआर्जन र जीवनस्तरमा सुधार गर्यो भन्ने कुरालाई मूल्याङकन गर्नु जरुरी रहेको बताए ।

उनले चाहे त्यो कृषि क्षेत्र होस् या अन्य क्षेत्र नीति निर्माण गर्दा सिनर्जी र ट्रेडअफ पहिचान गर्नु पर्ने बताए । उपाध्यक्ष अधिकारीले योजना आयोगले बनाएका नीतिगत विषयहरू किसानका घर घरमा पुग्नु पर्ने पनि विचार व्यक्त गरे ।

Health Tips Ad Road Block