Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ठेकेदारसँग कार्यतालिका मागेरै सुनकोशी–मरिनको काम द्रुत गतिमा अगाडि बढाइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। ठेकेदारसँग कार्यतालिका मागेरै सुनकोशी–मरिनको काम द्रुत गतिमा अगाडि बढाइने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकोशी–मरिन डाईभर्सन बहुउदेश्यीय आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउने बताएका हुन् । पूर्वाधार विकास समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले उक्त आयोजनाको टनेल निर्माणको काम सम्पन्न भइसकेको भन्दै बाँकी कामका लागि कार्यतालिका मागेर द्रुत गतिमा अगाडि बढाउन खोजिएको बताएका हुन् ।

“गत असोजमा आएको बाढीका कारण आयोजनामा केही क्षति पुगेको, आर्थिक अभाव भएको, बाढीले क्षति पुर्याएको इन्सुरेन्स नपाएको कारण आयोजना केही ढिलाई हुन पुगेको पाईन्छ, हामीले ‘वर्क सेडुल’ मागेका छौँ, नयाँ ठेक्का लगाउँदा पनि धेरै समय लाग्छ, अहिलेकै ठेकेदारबाट काम गराउन लागिपरेका छौँ,” मन्त्री खड्काले भने ।

उनले सुनकोशी–मरिन आयोजनालाई तीव्र गतिमा अगाडि बढाउन पूर्वाधार समितिबाट उपसमिति बनाएर आयोजनाको बारेमा जानकारी लिँदा आयोजना चाँडो सम्पन्न गर्नका लागि फाइदा पुग्ने बताए ।

उर्जामन्त्री खड्काले पूर्वाधार समितिमा छलफलका क्रममा रहेका विद्युत विद्येयक, २०८० र नविकरणीय उर्जा तथा उर्जा दक्षता विद्येयकलाई सँगै अगाडि बढाएर पास गर्न समितिले तदारुकता देखाउन आग्रह गरे । “कुनै एक विद्येयकलाई अगाडि बढाएर अर्को विद्येयक रोक्नुपर्छ भन्ने छैन, दुवै विद्येयकलाई टुङ्ग्याउँ भन्ने हो,” उनले भने ।

उनले लामो समयदेखि थाती रहेको डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विद्युत बक्यौता उठाउनका लागि समिति बनाएर छानबिन गरिरहेको बताएका छन् । प्रयोग गरेको विद्युतको विल कुनै हालतमा तिर्नुपर्ने मन्त्री खड्काको भनाई थियो ।

उर्जामन्त्री खड्काले बजेटमा आएको टेक एण्ड पे को व्यवस्था परिमार्जन भइसकेको बताउँदै यससम्बन्धमा भ्रममा नपर्न आग्रह गरेका छन् । जलस्रोत विद्येयकका सवालमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उक्त विद्येयकका बारेमा प्रधानमन्त्री र मन्त्रीहरुले चासो राख्नु स्वभाविक भएको उनको भनाइ छ ।

उक्त विद्येयक राष्ट्रिय सभामा पुगेकाले सो विद्येयक चाँडो राष्ट्रिय सभामा पेश हुने बताएका छन् । जलस्रोत विद्येयक समितिबाट पास गरेर प्रतिनिधिसभामा पठाउनु पूर्वाधार समिति, मन्त्रालय र सरकारको ठूलो उपलब्धी भएको मन्त्री खड्काको भनाई छ ।

Health Tips Ad Road Block