काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले ५८.६० करोडको साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले नेपाल धितोत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले बिहीबार बोर्डबाट अनुमति पाएको हो । त्यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ५६ लाख ६० हजार कित्ता अर्थात् ५८ करोड ६० लाख रुपैयाँको शेयर निष्काशन गर्नेछ । स्थानीय बासिन्दा र सर्वसाधारणका लागि यो आईपीओ निष्काशन हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेडले गरिरहेको छ ।























