Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भारतमा चर्चित एमजी विन्डसर ईभी अब नेपालमा, मूल्य र फिचर यस्तो छ !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्स प्रालिले भारतमा चर्चित एमजी विन्डसर ईभी नेपाल भित्र्याएको छ । काठमाडौंमा एक कार्यक्रम गरी कम्पनीले यसलाई सार्वजनिक गरेको हो ।

भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको सो अवसरमा जानकारी दिइयो । कम्पनीका अनुसार विन्डसर इभीले थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम फिचरहरू उपलब्ध गराउँछ, जसले परिवार र व्यवसायिक व्यक्तिहरूका लागि उत्तम विकल्प बनाउँछ। यसमा १३५ डिग्री रेक्लाइन हुने एरो लाउन्ज सिटहरू, ६०४ लिटरको ठूलो बुट स्पेस र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ । यसले गाडीभित्रको अनुभवलाई अझ उचाइमा पुर्याउने कम्पनीको भनाइ छ ।

यसका साथै विन्डसर ईभीमा शक्तिशाली मोटर पावर रहेको छ, जसले शहर र हाइवेको ड्राइभलाई सहज बनाउँछ। यसको ३८ किलोवाट ब्याट्रीले ३३२ किलोमिटरको भरपर्दो रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीले भनेको छ, ‘वायरलेस चार्जिङ सुविधाले थप सहजता दिन्छ भने एप्पल र एन्ड्रोइड कारप्ले इन्टिग्रेशनले कनेक्टिभिटीलाई सहज बनाउँछ। प्रिमियम अपिल बढाउन यसमा लेदरेट सिटहरू र स्मार्ट फ्लश डोर ह्यान्डल पनि राखिएका छन्। सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग राखिएको छ, साथै यो आइपी ६७ रेटेड भएको र ३९ वटा कडा सेफ्टी टेस्टहरू पार गरेको छ। ६ स्पिकर सिस्टमले गाडीभित्रको मनोरञ्जन अनुभवलाई अझ उत्कृष्ट बनाउँछ भने १८६ मिमि ग्राउन्ड क्लियरेन्सले सबै जाटोमा सहज र आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्छ।’

ग्राहकहरूको मनोबल र भरोसा बढाउन विन्डसर इभीमा ८ वर्षको ब्याट्री वारेन्टी रहेको कम्पनीले जनाएको छ। कार्यक्रममा नेपालभर फैलिएका एमजीका डिलर नेटवर्कले बिक्री र सर्भिसमा उत्कृष्ट सेवा अनुभव गराउने दाबी गरिएको छ।

सार्वजनिक कार्यक्रममा एमजी मोटर्स नेपालका प्रवक्ता सुनील बहादुर क्षेत्रीले भने, “एमजी विन्डसर इभीले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटेको छ। हामी विश्वस्त छौं कि यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्नेछ।’

नेपाली बजारमा दुई भेरिएन्टको एमजी विन्डसर ईभी बिक्रीका लागि उपलब्ध रहेको सार्वजनिक गरियो । यी दुई भेरियन्टको मूल्य क्रमश? ३७ लाख ९९ हजार र ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

भारतमा बुकिङ खुलेको २४ घण्टाभित्र १५ हजार बुकिङ गराउन सफल भएको कार्यक्रममा जानकारी दिइएको थियो । यही ईभीले भोलिका नेपाली बजारमा भने आफ्नो पकड कसरी बनाउँछ त्यो भने प्रतिक्षाको विषय छ ।

पारामाउन्ट मोटर्स प्रालिले सधैं उच्च गुणस्तरीय, नवप्रवर्तनयुक्त र दिगो अटोमोटिभ समाधानहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता कायम राख्दै आएको जनाएको छ। नेपालमा उपलब्ध अन्य एमजी गाडीहरूमा एमजी ४ ईभी, एमजी कोमेट ईभी , एमजी जेडएस ईभी र एमजी एस ५ ईभी रहेका छन् ।

Health Tips Ad Road Block