Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्मार्ट च्वाईस टेक्नोलोजिज र सांग्रिला डेभलपमेन्ट बैंकबीच एससीटी–यूपीआई कार्ड जारी गर्नेबारे सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच एससीटी–यूपीआई कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

असार १२, २०८२ मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौता पत्र आदानप्रदान गरेका छन् । यस सम्झौता पश्चात सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि एससीटी–यूपीआई कार्ड लिन सक्ने छन् ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ । एससीटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विचमार्फत एससीटी–यूपीआई कार्ड र भिसा कार्ड जारी गर्ने तथा यूनियन पे, भिसा रुपे, मास्टर कार्ड तथा डिस्कभर कार्ड स्वीकार गरि कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ । विगत दुई दशक देखि नेपाल भरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदैं आएको एससीटी नेपालकै पहिलो डोमेसटिक कार्ड स्किम हो । एससीटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पे–आइबीएफटी ९अन्तर बैंक भुक्तानी सेवा०, स्मार्ट बैंकिङ मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।

Health Tips Ad Road Block