Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नागार्जुन रिसोर्टको उद्घाटन, पर्यटन प्रवर्द्धनमा योगदानको अपेक्षा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नागार्जुन रिसोर्टको भव्य उद्घाटन समारोह मंगलबार सम्पन्न भएको छ। काठमाडौंको शान्त वातावरणमा अवस्थित यस रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक विशेष समारोहका बीच रिसोर्टको उद्घाटन गरेका हुन्। कार्यक्रममा मन्त्री साहीले पर्यटन क्षेत्रमा यस्तो रिसोर्टको ठूलो सम्भावना रहेको बताउँदै, यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । वन मन्त्री शाहीले वन, आरक्षण, संरक्षितक्षेत्र तथा निकुञ्जको सही उपयोग गर्दे यसलार्य पर्यटन क्षेत्रसँग जोड्नु पर्ने बताए । उनले भने, ‘नेपाल विश्व पर्यटनका लागि महत्वपूर्ण गन्तव्यका रुपमा रहेको उल्लेख गर्दे नीजि क्षेत्रले गर्ने लगानीलाई सरकारले प्रोत्साहन गर्नुका साथै लगानीमैत्री वातावरण बनाउन लागि परेको जनाए ।

सो अवसरमा स्वामी आनन्द अरुणले नेपाललाई पर्यटनका लागि स्वर्ण भूमि भन्दै, विश्वभरका पर्यटकलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिक शान्तिको अद्वितीय अनुभव दिलाउन नेपाल सक्षम रहेको बताए । उनले भने, ‘नेपाललाई प्रकृतिले दिएको तर प्रयोगमा विवेक नपुगेको भन्दै सुनको खानीमा बसेर अवसरका लागि भौतारिरहेको बताए । कार्यक्रममा तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरी महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल , ३ नम्बर वडा अध्यक्ष परशुराम अर्यालले यस क्षेत्रको पर्यटन विकासका लागि महत्वपूर्ण संरचना थपिएको बताए । कार्यक्रममा वरिष्ठ सेफ गोविन्दनरसिंह केसी नेपालस्तरीय पर्यटकहरुलाई उत्कृष्ठ सेवा दिन सक्षम रहेको बताए ।

कार्यक्रममा संञ्चालक निरोज पन्त, व्यवस्थापन समिति सदस्य तथा अन्य सम्मानित अतिथिहरूले मन्तव्य राख्दै रिसोर्टले आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने तथा समग्र समुदायलाई लाभ पुर्‍याउने लक्ष्य रहेको स्पष्ट पारे। सहभागीहरूले रिसोर्टको पूर्वाधार, सेवा सुविधा तथा प्राकृतिक वातावरणको खुलेर प्रशंसा गरेका थिए।

नागार्जुन रिसोर्टमा हाल ६५ वटा सुविधा सम्पन्न कोठा छन्, जसले पाहुनालाई उच्च स्तरको आवासीय सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। रिसोर्टका व्यवस्थापक अभिषेक विक्रम शाहका अनुसार यहाँको प्रमुख आकर्षणहरूमा एयर कन्डिसन युक्त डिलक्स कोठाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्ने व्यवस्था, पर्याप्त पार्किङ, बच्चाहरूका लागि विशेष प्ले स्टेशन, कालुपाँडे डाँडासम्मको सजिलो हाइकिङ पहुँच, साथै स्थानीय स्वादमा बनेका बारबेक्यु, पिज्जा, मम लगायतका विविध परिकारहरू रहेका छन्।

प्राकृतिक सुन्दरताको बीचमा शान्त वातावरणमा आराम गर्न चाहने सबैका लागि यो रिसोर्ट आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ। रमणीय वातावरण, हरियाली, स्वच्छ हावा र आधुनिक पूर्वाधारले पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा आयोजकहरूले व्यक्त गरेका छन्।

स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने तथा सामुदायिक विकासमा योगदान दिने उद्देश्यका साथ सञ्चालनमा आएको नागार्जुन रिसोर्टले नेपालको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

Health Tips Ad Road Block