Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

धेरै कमाउने २५ चलचित्रलाई बोर्डले गर्यो सम्मान, आठ महिनामा दुई वर्षमा गर्ने भनिएको काम गरेको दाबी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चलचित्र विकास बोर्डले २५ औं वार्षिकोत्सवका अवसरमा धेरै कमाउने २५ चलचित्रहरु सार्वजनिक गर्दै त्यसका निर्माताहरुलाई सम्मान गरेको छ । सोमबार विकास बोर्ड स्थापनाको २५ वर्ष पुगेको अवसर ५ करोडभन्दा माथि व्यापार गर्ने चलचित्रका निर्माताहरुलाई सम्मान गरेको हो ।

बोर्डका अनुसार नेपालमा सर्वाधिक कमाइ गर्ने फिल्म ‘पूर्णबहादुरको सारंगी’ दोस्रोमा ‘कबड्डी ४’ र तेस्रोमा ’१२ गाउँ’ रहेका छन् । बोर्डले सार्वजनिक गरेको सूचिअनुसार धेरै कमाउने चलचित्रहरु यसप्रकार रहेका छन्ः–

१. पूर्ण बहादुरको सारंगी (४६ करोड ८७ लाख)

२. कबड्डी ४ (२१ करोड ४० लाख)

३. १२ गाउँ (१९ करोड ९२ लाख)

४. छक्का पञ्जा ४ (१७ करोड ५३ लाख)

५. जारी (१७ करोड ४८ लाख)

६. छक्का पञ्जा (१६ करोड १० लाख)

७. महाजात्रा (१५ करोड ६७ लाख)

८. छक्का पञ्जा ५ (१५ करोड २० लाख)

९. कोहिनुर (१४ करोड ७५ लाख)

१०. छक्का पञ्जा २ (१४ करोड ५१ लाख)

११. शत्रु गते (१२ करोड ६५ लाख)

१२. ऊनको स्वीटर (१० करोड ६२ लाख)

१३. कबड्डी २ (१० करोड ३५ लाख)

१४. बोक्सीको घर (१० करोड १० लाख)

१५. छ माया छपक्कै (९ करोड ९२ लाख)

१६. दिमाग खराब (८ करोड ९८ लाख)

१७. अञ्जिला (८ करोड ८३ लाख)

१८. परदेशी २ (७ करोड ९२ लाख)

१९. छक्का पञ्जा ३ (७ करोड ८३ लाख)

२०. प्रेम गीत ३ (७ करोड ६३ लाख)

२१. कबड्डी कबड्डी कबड्डी (७ करोड ५९ लाख)

२२. पुजार सार्की (७ करोड ३८ लाख)

२३. महापुरूष (७ करोड ३५ लाख)

२४. कबड्डी (७ करोड ३४ लाख)

२५. पशुपति प्रसाद २–भष्मे डन (७ करोड ३२ लाख)

बोर्डको वार्षिकोत्सवका अवसरमा बक्स अफिस एप उद्घाटन, ‘चलचित्रमा नेपालको पहिलो’ पुस्तक विमोचन, बोर्डबाट प्रदान गरिने ३३ वटा सेवाहरुको अनलाइन सर्भिस उद्घाटन, ‘आमा’ फिल्मको पोस्ट अङ्कित हुलाक टिकटको टाँचा प्रदान र असोज १५ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने मन्त्रिपरिषद् बैठकबाट निर्णय भएको विषय सार्वजनिक गरिएको थियो । साे अवसरमा बोर्डका अध्यक्ष दिनेश डिसीले दुई वर्षमा गर्ने भनिएको काम आठ महिनाको कार्यकालमा सम्पन्न गर्न बोर्ड सफल भएको दाबी गर्दै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वी शुब्बा गुरुङले चलचित्र विधेयक संसदमा छलफलकाक्रममा रहेको र यसमा आवश्यक सुझाव दिन आग्रह गरेका थिए ।

Health Tips Ad Road Block