Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एलजी नेपालले प्रस्तुत गर्यो एफेक्सनेट इन्टेलिजेन्सः मानव केन्द्रित एआईको नयाँ युगको सुरुवात

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ. । एलजी नेपालले आफ्ना नवीनतम ग्लोबल इनोवेसनको अवधारणा एफेक्सनेट इन्टेलिजेन्सलाई विशेष दुई दिने कार्यक्रम मार्फत् सार्वजनिक गरेको छ । जुन २७ मा डिलरहरूका लागि र जुन २८ मा सर्वसाधारण, मिडिया तथा इन्फ्लुएन्सरहरूका लागि आयोजना गरिएको यस कार्यक्रममा एलजी को भविष्यमुखी प्रविधिको अनुभव गराइयो । जहाँ प्रविधिले प्रयोगकर्तालाई बुझ्नु मात्र होइन, उनीहरूको ख्याल पनि राख्ने कम्पनीले बताएको छ ।

एफेक्सनेट इन्टेलिजेन्स एलजीको आर्टिफिसियल इन्टेलिजेन्स प्रति राखिएको विशेष दृष्टिकोण हो ।जहाँ एआई केवल बुद्धिमान नभई संवेदनशील र उत्तरदायी रहेको छ, जसले प्रविधि र मानवबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउँछ । ’ कम्पनीले भनेको छ ।

त्यस अवसरमा एलजीले आफ्ना आगामी पुस्ताका एआई प्रविधिद्वारा सञ्चालित समाधानहरू प्रस्तुत गरेको थियो र। सो नवप्रवर्तनमा आफ्नो प्रतिबद्धता र उद्देश्यप्रति समर्पणको प्रमाण रहेको कम्पनीको भनाइ छ ।

साथै एलजीले नेपालमा आफ्नो ४० वर्षको सफल यात्रा मनाउँदै, एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । पछिल्ला चार दशकदेखि एलजी नेपाली घरपरिवारको रोजाइमा रहँदै आएको र यो विश्वास, नवीनता र ग्राहकसँगको गहिरो सम्बन्धको प्रतिफल भएको कम्पनीले उल्लेख गरेको छ ।

कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको उपस्थिति रहेको थियो । चौधरीले नेपालमा एलजीको सुरुवाती यात्रा र डिलर तथा साझेदारहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै एलजी लाई देशको सबैभन्दा भरपर्दो र प्रिय इलेक्ट्रोनिक्स ब्रान्ड बनाउन सबैको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा एलजी इलेक्ट्रोनिक्स सिंगापुरका म्यानेजिङ डाइरेक्टर फावियन कुन्हो ली, एलजी इलेक्ट्रोनिक्स बंगलादेशका म्यानेजिङ डाइरेक्टर जेराल्ड सुन्घो चुन, चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी लगायतको उपस्थिति रहेको थियो ।

दोस्रो दिनको कार्यक्रम सर्वसाधारणका लागि खुला गरिएको थियो, जसमा आगन्तुकहरूले एलजीको नयाँ एआई प्रविधिको प्रत्यक्ष अनुभव गरे । सहभागीहरूले एआई मिसन च्यालेन्जमा भाग लिएर रमाइला उपहारहरू पनि जित्न सफल भए । यस यात्राको स्मरण गर्दै चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमालले भने, “हामी नेपाली घरपरिवारको हिस्सा बन्न पाएकोमा गर्व गर्छौं। ीन् ले सधैं नवीनता र अत्याधुनिक प्रविधिको नेतृत्व गर्दै आएको छ। अब एफेक्सनेट इन्टेलिजेन्ससँगै एआई झन् मानवीय, झन् संवेदनशील र झन् अर्थपूर्ण बन्नेछ ।”

एलजी र सीजीको सहकार्य सन् १९८८ बाट सुरु भएको हो । उक्त समय एलजीलाई गोल्ड स्टार भनेर चिनिन्थ्यो। दशकौंदेखि चल्दै आएको यो साझेदारी विश्वास र नवप्रवर्तनको बलियो आधारमा स्थापित हुँदै आएको छ । एफेक्सनेट इन्टेलिजेन्स कार्यक्रम केवल प्रदर्शनी मात्र नभइ यो मानिस, प्रगति र अझ स्मार्ट, अझ कनेक्टेड भविष्यप्रति गरिएको प्रतिबद्धताको उत्सव रहेको कम्पनीको भनाइ छ ।

Health Tips Ad Road Block