Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बजारबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउन लागेको छ । तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले बजारबाट रकम उठाउन लागेको हो ।

राष्ट्र बैंकले बोलकबोलबाट ३० अर्ब रुपैयाँ उठाउन लागेको हो । बोलकबोलमा सहभागी हुन नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव माग गरिएको छ । आज दिउँसो ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ । घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बोलकबोलमार्फत ब्याजदर तय गर्ने यसको सावाँ र ब्याज भदौ १५ मा भुक्तानी गर्ने जनाएको छ ।

Health Tips Ad Road Block