Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रधानमन्त्रीको स्पेन भ्रमणः यस्तो छ स्पेनमा रहँदाको कार्यतालिका !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संयुक्त राष्ट्रसंघको “विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन”मा सहभागि हुन शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ गएका थिए । मित्र राष्ट्र स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिने सभामा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ गएका गएका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको समेत सहभागिता हुने गर्दछ ।

प्रधानमन्त्रीको सचिवाालयका अनुसार असार १४ गते साँझ ६ बजे कत्तार एयरवेजको जहाजबाट दोहा हुँदै स्पेनको राजधानी म्याड्रिडमा असार १५ गते बिहान पुगेका छन् । भ्रमण टोलीमा २१ जना सहभागी भनेर उनले संसदमा जानकारी गराएका छन् । यो संख्यामा स्पेनस्थित नेपाली राजदूत र न्युयोर्कस्थित आवासीय प्रतिनिधि समेत रहेका छन् । परराष्ट्र मन्त्रालयका सचिवसहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टीमका अतिरिक्त अर्थ सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकारसहित स्वकीय सचिवालयका आवश्यक व्यक्तिहरुको संलग्नता भ्रमण दलमा छ ।

भ्रमणको दोस्रो दिन, असार १५ गते दिउँसो करिब ४ बजे भ्रमण टोली स्पेनको शहर सेभियामा पुग्ने तालिका छ ।

प्रधानमन्त्रीले संसदमा गराएको जानकारीअनुसार यस्तो छ कार्यक्रमः

–सेभिया पुगे लगत्तै मेरो, नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ, जहाँ स्पेनका मन्त्रिपरिषद्का अध्यक्षसहित विभिन्न व्यक्तित्वहरुको सहभागिता हुने जानकारी गराइएको छ ।

–साँझ ५ बजे स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पेद्रो साञ्चेजसँग हाम्रो प्रतिनिधि मण्डलको द्विपक्षीय बैठक तय भएको छ ।

– असार १५ गतेको अन्तिम कार्यक्रम, स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्री भोज रहेको छ ।

भ्रमणको तेस्रो दिन असार १६ गतेको कार्य तालिका बाक्लो छ ।

– बिहान उद्घाटन सत्रमा सहभागिता हुनेछ ।

– अपरान्ह गेट्स फाउण्डेशनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा संबोधनको लागि हामीलाई आमन्त्रण गरिएको छ ।

–दिउँसो १ बजे मित्र राष्ट्र स्तोनियाका महामहिम राष्ट्रपति अलार कारिससँग द्विपक्षीय बैठक हुनेछ ।

–दिउँसो ३ देखि ४ बजेको बीचमा नेपालका प्रधानमन्त्री एवम् अल्प विकसित राष्ट्रहरु (एलडिसी)को अध्यक्षको हैसियतमा मैले सम्मेलनलाई संबोधन गर्नेछु ।

अपरान्ह ४ देखि ५ः१५ को बीचमा निम्नानुसार तिनवटा द्विपक्षीय बैठक हुनेछन्ः

क) इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग द्विपक्षी बैठक ।

ख) पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठक ।

ग) संयुक्त राष्ट्रसंघ महासचिव अन्तोनियो गुटरेससँगको बैठक ।

–तेस्रो दिनको अन्तिम कार्यक्रम, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) द्वारा दिइने औपचारिक रात्री भोज रहेको छ ।

चौथो दिन (असार १७ गते)

–पहिलो कार्यक्रम, मैले बिहान ८स्३० बजे अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता सहित उद्घाटन मन्तव्य दिने छु ।

–बिहान १०स्३० बजे स्पेन सरकारका अध्यक्ष महामहिम पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यवद्धतामा लगानीः विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा संबोधन गर्नेछु ।

–अपरान्ह १२:३० पछि नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिको लागि सशक्त सहनशीलता तथा जलवायू वित्तिय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई संबोधन गर्नेछु ।

–अपरान्हमा नै नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुखरसरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तिय स्रोतको प्रवाह शीर्षकको इभेन्टमा संबोधन गर्नेछु ।

–दिउसो ३ बजे थिम आधारित राउण्ड टेबल (अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन मा संबोधन गर्ने कार्यक्रम छ ।

–साँझ ८ बजे स्पेनका लागि नेपाली राजदूतले आयोजना गर्नुहुने रात्री भोजमा हाम्रो सहभागिता हुनेछ ।

पाँचौं दिन, असार १८ गते ।

हामी सेभियाबाट म्याड्रिड फर्किने छौं । म्याड्रिड पुगेसँगै कार्यक्रममा संलग्न हुने तालिका तय भएको छ ।

–साँझ ५ बजे बाट सुरु हुने नेपाल–स्पेन विजनेश तथा लगानी प्रबर्धन साँझ नामक कार्यक्रममा मैले त्यहाँको प्रतिष्ठित व्यावसायिहरुलाई संबोधन गर्नेछु । नेपालमा लगानी गर्न आव्हान गर्नेछु ।

छैटौ दिन (असार १९ गते )

हाम्रो भ्रमणको अन्तिम दिन । स्वदेश फर्किनु अघि रियल म्याड्रिड फुटवल क्लवका अधिकारीहरुसँगको भेटघाट र साण्टियागो वर्नावाउ रंगशालाको अवलोकन गर्ने कार्यक्रम छ । समयले साथ दिए केही महत्वपूर्ण स्थानहरुको अवलोकन साथै हाम्रो राजदूतावासको अवलोकन गरिने छ। अन्तिम कार्यक्रमको रुपमा स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट राखिएको छ ।

त्यसै दिन राती १०ः४५ बजे दोहाको लागि प्रस्थान गरिने छ ।

हप्ता दिन पछि असार २० गते दिउँसो ४ः४५ बजे काठमाडौंमा अवतरण गर्ने कार्य तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Health Tips Ad Road Block