Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनआरएनएले भन्यो–कतार लगायत मध्यपूर्व क्षेत्रमा आपत परे निम्न नम्बरमा फोन गर्नुस्

हरसमय सावधानी अपनाउन आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) ले कतार लगायत मध्यपूर्व क्षेत्रमा कुनै आपत परेमा ९८०१८६११२३, ९८०१८६११०६, ९८०१८६११०० नम्बरमा फोन गर्न नेपालीहरुलाई आग्रह गरेको छ । इजरायल र इरानबीचको युद्धका कतार लगायत समग्र मध्यपूर्व क्षेत्रको अवस्था संवेदनशील बनेको भन्दै एनआरएनएले आपत परेमा सम्पर्क गर्न भनेको हो ।

एक विज्ञप्ति जारी गर्दै एनआरएनएले भनेको छ, ‘गैरआवासीय नेपाली संघले सम्पूर्ण नेपाली समुदायको सुरक्षा, सहजीकरण र मनोबल उच्च राख्ने प्रयास गर्दै आएको छ । यस कठिन परिस्थितिमा हामी निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता जनाउँदै आपतकालीन अवस्थाहरूमा आवश्यक सहयोगका लागि सिधा सम्पर्क गर्न परेमा २४ सै घण्टा उपलब्ध रहने ९८०१८६११२३, ९८०१८६११०६ र ९८०१८६११०० नम्बरहरूमा सम्पर्क गर्न आग्रह गर्दछौँ ।’

यस्तै गैरआवासीय नेपाली संघको हटलाइन सेवामा पनि सम्पर्क गर्न सकिने एनआरएनएले उल्लेख गरेकाे छ ।

संघले संवेदनशिल अवस्थामा त्यहाँ रहेका नेपालीहरूलाई निम्न सावधानी अपनाउन एनआरएनएले भनेको छ ।

सुरक्षित स्थानमा रहनुहोस् – भिडभाड भएका सार्वजनिक स्थलहरूमा जानबाट यथासम्भव टाढा रहनुहोस्।

सम्पर्कमा रहनुहोस् – आफ्नो परिवार, साथी तथा नियोग (एनआरएनए, नेपाली दूतावास, स्थानीय संस्थाहरू) सँग निरन्तर सम्पर्कमा रहनुहोस्।

स्थानीय सुरक्षा निर्देशन पालना गर्नुहोस् – सरकारले जारी गर्ने सूचना, निषेधाज्ञा वा सुरक्षासम्बन्धी आदेशलाई प्राथमिकताका साथ पालना गर्नुहोस्।

आपतकालीन तयारी राख्नुहोस् – राहदानी, परिचयपत्र, मोबाइल चार्जर, आवश्यक औषधि, खानेकुरा र पानीजस्ता सामग्री सधैं साथमा राख्नुहोस्।

दूतावास तथा एनआरएनए एनसीसीको सम्पर्कमा रहनुहोस् – कुनै पनि आकस्मिक वा विषम परिस्थितिमा तुरुन्तै गैरआवासीय नेपाली संघको एनसीसी वा नेपाली दूतावासमा सम्पर्क गर्नुहोस्।

यसका साथै एनआरएनएले त्यहाँ उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावहरुलाई अत्यन्त गम्भीरताका साथ लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर नेपालीहरुको सुरक्षा र आवश्यकताका आधारमा स्वदेश फिर्तीका सम्बन्धमा ध्यान केन्द्रित गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ ।

Health Tips Ad Road Block