Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका तीन ठाउँमा सेनाको हेलिकप्टर तयारी अवस्थामा’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागिकाठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी हालतमा राखिएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा गृहमन्त्री लेखकले मुुलुकका तीन स्थानका साथै अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी हालतमा राख्ने तयारी भइरहेको बताए ।

“आवश्यकता अनुसार हेलिकप्टर एसोसियसनसित पनि हेलिकप्टर तयारी हालतमा राख्ने विषयमा समन्वय भएको छ ।” गृहमन्त्री लेखकले भने, “ सिमित स्रोत साधनकाबीच विपद् प्रतिकार्य एवं न्यूनीकरणका लागि सरकार लागि परेको छ ।” उनले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायी लगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्ने मन्त्री लेखकको जोड थियो ।

“ हामी अत्यन्त ज्यादा विपद्को जोखिम भएको भूगोलमा छौं ।” लेखकले भने, “ जुनसुकैबेला जे सुकै हुनसक्छ । बाढी, पहिरो, डुबान बारेमा पुर्वानुमान गर्न सकिन्छ तर भूकम्पका बारेमा सकिन्न । त्यसकारण हमेसा तयारी अवस्थामा बस्न जरुरी छ।”

उनले सातै वटै प्रदेशमा रहेको आपतकाली गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए । संघीय मर्म अनुकूल भएन भनेर सबै गोदाम काठमाडौं बाहेक केन्द्रीय गोदामघर) बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उनले बताए ।

अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै उनले सरकारले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि गर्नुपर्ने तयारी गरिरहेको बताए ।
“ जिल्लामा पनि विपद्का लागि आवश्यक रकम पठाइएको छ ।” उनले भने, “ राहत सामाग्री तयार गर्न जिल्लास्थित विपद् समितिलाई निर्देश गरिनुका साथै सूचना जारी गर्ने पद्धतीको विकास भएको छ ।”

प्रतिकार्य तथा जोखिम न्यूनीकरणका लागि निजी क्षेत्रसँग पनि समन्वय र सहकार्य गर्ने काम भएको लेखकको भनाई छ ।

“ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् प्रतिकार्य तयारी एवं जोखिम न्यूनीकरणको तयारी बुझ्ने काम भयो । ” उनले भने, “ देशभरका दुवै प्रहरी संगठनका प्रमुखहरुलाई तयार रहन निर्देशन दिइएको छ ।” नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले पनि आ–आफ्नो ठाउँबाट विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि काम गरिरहेको मन्त्री लेखकको भनाई छ ।

Health Tips Ad Road Block