काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कुलिङ पिरियडको व्यवस्थाका कारण सङ्घीय निजामती सेवा विधेयक नरोकिएको स्पष्ट पारेका छन् ।
विनियोजन विधेयकका सन्दर्भमा संसदमा उठेका जिज्ञासाहरूको जवाफ दिने क्रममा ‘कुलिङ पिरियडका कारण विधेयक रोकिएको हो ? भन्ने अधिकांश सांसदहरूले उठाएको प्रश्नको जवाफमा मन्त्री गुप्ताले भने, ‘कुलिङ पिरियडमा ‘फुलस्टप–पूर्णविराम’ र ‘कमा–अल्पविराम’ पनि परिवर्तन हुँदैन ।’
उनले संसदमा विरोधका कार्यक्रमहरू चलिरहेको तथा आफ्नो मन्त्रालयमा महत्त्वपूर्ण कार्यक्रम परेका कारण असार ३ गतेको कार्यसूचीबाट हटाइएको स्पष्ट गरेका छन् । विधेयकमा भएका कुनै व्यवस्था परिमार्जन गर्नका लागि विधेयक नरोकिएको उनले स्पष्ट पारेका छन् ।