ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

राष्ट्रपति पौडेलसमक्ष दक्षिण अफ्रिकाको तर्फबाट नेपालका लागि नवनियुक्त राजदूत सुकलालद्धारा ओहोदाको प्रमाणपत्र पेस

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दक्षिण अफ्रिका गणतन्त्रात्मक राज्यको तर्फबाट नेपालका लागि नवनियुक्त राजदूत प्राध्यापक अनिल सुकलालले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा उक्त ओहोदाको प्रमाणपत्र पेस गरिएको हो ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नेक्रममा नेपालका लागि दक्षिण अफ्रिकी राज्यका राजदूत सुकलालले दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यको राष्ट्रपतिको तर्फबाट प्राप्त शुभकामना सन्देश व्यक्त गरेका थिए ।

सो समारोहमा नेपालका तर्फबाट दक्षिण अफ्रिकाका लागि नियुक्त मानार्थ वाणिज्यदूत प्रदीप कुमार श्रेष्ठ र दक्षिण अफ्रिकी कूटनीतिक नियोगका प्रथम सचिव पिटर लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दुई राष्ट्रहरूबीचको बढ्दो कूटनीतिक संलग्नता र आपसी समझदारीलाई प्रकाश पारिएको थियो ।

Health Tips Ad Road Block