काठमाडौं । बजेट पारित गर्नु अगाडि सत्ता गठबन्धनका नेता बालुवाटारमा छलफलमा जुटेका छन् ।
सत्तापक्षीय दलको बैठक बालुवाटारमा बसिरहेको हो । छलफलमा बजेटबारे रहेका असन्तुष्टिबारे मन्थन हुने छ ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरु सहभागी छन् ।
आज प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गरिँदैछ ।






















