काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीलाई थप समय दिँदै चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा संशोघन गरेको छ ।
केन्द्रीय बैंकले सीमाभन्दा बढी लिएको कर्जा २०८२ असार मसान्तसम्म तिरीसक्नुपर्ने यसअघि व्यवस्था गरेकोमा संशोधनमार्फत २ वर्ष थप गरेर २०८४ असार मसान्तसम्म तिर्न समय सीमा दिएको हो ।
राष्ट्र बैंकको नयाँ व्यवस्थाले बैंकहरुको खराब कर्जा थप बढ्न नपाउने र आम्दानी तथा नाफा बढ्ने बैंकरहरुको भनाइ छ । २०८२ साउन १ गतेबाट लागू हुने भेरियन्ससम्बन्धी व्यवस्था पनि एक वर्ष पछिबाट मात्र लागु हुने नयाँ व्यवस्था गरिएको छ ।