Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सहकारी महासङ्घका पदाधिकारीले भेटे प्रधानमन्त्री–के–के भने ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय सहकारी महासङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भेट गरी सहकारी क्षेत्रलाई नियमनका क्रममा संकुचन गर्न नहुने विषयमा ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा भएको भेटमा महासङ्का अध्यक्ष ओमदेवी मल्लसहितको टोलीले नेपाल राष्ट्र बैङ्क र सहकारी प्राधिकरणबाट जारी भएका निर्देशिका र मापदण्डमा स्रोत संकलनको सीमाअन्तर्गत १० प्रतिशत निक्षेप र १५ प्रतिशत ऋणको व्यवस्था सन्तुुलित नभएको, सदस्य भएको तीन महिनाभित्र कारोबार गर्न सकिने व्यवस्था हुनुपर्ने लगायत माग राखिएको छ ।

सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकका कतिपय प्रावधानलाई परिमार्जन गर्न भन्दै महासङ्घले सुझाव बुझाएको छ ।

पूर्वमन्त्री एवं महासङ्घका पूर्व अध्यक्ष केशव बडाल, नेकपा (एमाले) का केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका प्रमुख खगराज अधिकारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालगायत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले सम्बन्धित क्षेत्रको सहज सञ्चालन र व्यवस्थापनका लागि कानुन, नीति र निर्देशिकाहरु ल्याइने भएकाले त्यस अनुसार प्रबन्ध गर्न सरकारले सहजीकरण गर्ने विश्वास दिलाए ।

Health Tips Ad Road Block