Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नागरिक लगानी कोष र हिमालयन बैंकबीच शेयर प्रत्याभूति सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ) को प्रत्याभूति गर्ने भएको छ ।

सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ शेयरको प्रत्याभूति कोषले गर्ने भएको छ । सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने छ ।

Health Tips Ad Road Block