Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्रीसहित बीवाईडी डल्फिन-२०२५ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालको इलेक्ट्रिक ह्याचब्याकको स्तरलाई नयाँ परिभाषा दिंदै बीवाईडी डल्फिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अघिल्लो संस्करणको सफलतामा आधारित यस अपग्रेड गरिएको बीवाईडी डल्फिन २०२५ मा थुप्रै उन्नत विशेषताहरू समावेश गरिएको कम्पनीले एक कार्यक्रम गरी जानकारी दिएको छ ।

यसमा ईभी उद्योगमै पहिलो पटक लिथियम आइरन फस्फेट (एलएफपी) लो भोल्टेज ब्याट्री (एलभीबी) प्रयोग गरिएको छ, जसले परम्परागत लिड–एसिड ब्याट्रीलाई विस्थापित गरेको कम्पनीको भनाइ छ । यो ब्याट्री पारम्परिक ब्याट्रीभन्दा ६ गुणा हल्का, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने विशेषतायुक्त छ भने यसको आयु १५ वर्ष सम्म हुन सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यसले लो–भोल्टेज इनर्जी स्टोरेज र विश्वसनियतामा नयाँ विश्वस्तरीय मापदण्ड निर्धारण गरेको छ र एलएफपी लो भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध हुनेछ ।

बीवाईडी डल्फिन २०२५ ले अत्याधुनिक बीवाईडी ई–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधिलाई निरन्तरता दिएको छ, जसले ३४० किमीको डब्लुएलटीपी रेन्ज प्रदान गर्नेछ । यसमा डीसी चार्जिङ क्षमता छ र ब्याट्रीलाई ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

यस्ता छन् २०२५ संस्करणमा थपिएका प्रमुख नयाँ विशेषताहरूः

– नेपालका विविध भू–परिस्थितिमा प्रदर्शन सुधार गर्न स्पोर्टी ह्यान्डलिङका लागि ट्युन गरिएको सस्पेन्सन ।

– रातको समयमा अझ राम्रो दृश्यता दिने प्रभावशाली एलईडी हेडलाइट्स ।

– उन्नत कुलिङ र हिटिङ कार्यक्षमतासहितको सुधारिएको एसी सिस्टम ।

–मोबाइल फोन एनएफसी की, ब्लुटुथ कि र प्यासेन्जर डोर स्विच जस्ता नयाँ नयाँ विशेष सुविधाहरू ।

यस संस्करणमा नयाँ आकर्षक एटलान्टिस ग्रे रंग पनि थपिएको र यसले बीवाईडी डल्फिनको आधिकारिक कलर अप्सनलाई तीन अप्सनमा विस्तार गरेको जानकारी दिइएको छ । अब सो गाडी एट्लान्टिस ग्रे, अर्बन ग्रे र स्की ह्वाइट कलरमा उपलब्ध हुनेछन् ।

यी सम्पूर्ण प्रविधि र विशेषता थपिएसँगै बीवाईडी डल्फिन २०२५ को मूल्य रु. ४१.१५ लाख राखिएको छ, जसमा ७ किलोवाटको होम चार्जर पनि समावेश गरिएको कम्पनीले कार्यक्रममार्फत जानकारी दिएको छ।

साथै, सार्वजनिक कार्यक्रममा बीवाईडी डल्फिनको विश्वव्यापीरूपमा ८ लाख ३० हजार युनिट डेलिभरी पूरा भएको उपलब्धि पनि मनाइएको थियो । जसअन्तर्गत २ हजार ४९०औं युनिट नेपालमा डेलिभर गरिएको हो। यो उपलब्धि नेपालमा इलेक्ट्रिक मोबिलिटीप्रतिको बढ्दो विश्वासको प्रमाण भएको दाबी गरिएको छ । कम्पनीले भनेको छ, ‘बीवाईडी डल्फिन नेपालकै सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक ह्याचब्याक बनेको छ र यसको गति अझ तीव्र हुँदै गइरहेको छ। यसले प्रदर्शन, सहजता, र वातावरणमैत्री डिजाइनका कारण ग्राहकहरूलाई आकर्षित गरिरहेको छ।’

सो अवसरमा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले ग्राहक, सहकर्मी र सरोकारवालाहरुलाई धन्यवाद दिंदै भनिन्, ‘हामी टिकाउ मोबिलिटी र ग्राहककेन्द्रित नवप्रवर्तनमा प्रतिबद्ध छौं। बीवाईडी डल्फिन २०२५ केवल फिचर अपग्रेड मात्र होइन– यो नेपालका लागि हरित भविष्यतर्फको हाम्रो यात्राको निरन्तरता हो ।’

साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने, ‘बीवाईडी डल्फिन एउटा गाडी मात्र होइन, यो इलेक्ट्रिक जीवनशैलीको वाहक हो। हरेक नयाँ संस्करणमार्फत हामी स्वदेशी ऊर्जाको प्रयोग, शून्य उत्सर्जन र सुरुदेखि सेवा–पश्चातसम्म उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने वातावरण बनाइरहेका छौं ।’

बीवाईडी डल्फिन २०२५ हाल बीवाईडीका शोरूमहरू र डिलर नेटवर्कहरूमा टेस्ट ड्राइभ र बुकिङको लागि उपलब्ध रहेको कम्पनीले बताएको छ।

Health Tips Ad Road Block