Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वृद्धवृद्धाहरूलाई सीप विकास तालिमः स्वनिर्भर बनाउने उद्देश्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ। मध्यपुर थिमिको बोदेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। बागमती प्रदेश सरकारका सांसद माननीय नुरज बज्राचार्यस वडा अध्यक्ष रमेश थापा श्रेष्ठ र नेपाली सेनाका मेजर पूर्ण प्रजापतिले ४२ प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे । यसैबीच मिसा पुचःको स्थापनादेखि नै योगदान गर्दै आएकी प्रमिला बज्राचार्यलाई सम्मान गरिएको थियो ।

पुचःले बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालयको लागत साझेदारीमा तालिम दिएको थियो । तालिम अन्तर्गत प्रशिक्षार्थीहरूलाई डोला र बोटा बनाउने, लप्ते (नेवाः भोज खाँदा प्रयोग हुने पातबाट बनेको बस्तु) सिलाई गर्ने र सुकुल बुन्ने तालिम दिइएको थियो । घरमा छोराबुहारी र नातीहरुमा निर्भर हुन नपर्नेगरी जेष्ठ नागरिकहरुलाई आंशिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सीप सम्बन्धिको तालिम दिइएको समूहकी अध्यक्ष शिला सायमिले बताइन् । उनका अनुसार ३२ जनालाई लप्ते सिलाई तालिम दिइएको छ भने २० जनालाई सुकुल बुन्ने र १० जनालाई सुकुल र लप्ते बनाउने तालिम दिइएको छ ।

तालिममा दुई पटक सम्म भिमरथारोहण गरेका (८२ वर्ष नाघेका) देखि ६० वर्ष उमेरमाथिका हजुरआमाहरू सहभागी भएका थिए । प्रशिक्षकहरूमध्ये ललितपुर थसिस्थित सुजाता महर्जनले सुकुल बुन्ने तालिम दिइन् र काठमाडौंकी पटनादेवी रञ्जितले लप्ते बनाउने तालिम दिइन् । वैशाख ७ गते उद्घाटन गरिएको तालिम जेठ ३० गते सकाएर असार ३ गते समापन समापन गरिएको थियो । समूहले विगत १० वर्षदेखि वृद्धवृद्धाहरूलाई दिवा हेरचाह सेवा प्रदान गर्दै आएको छ । संयुक्त परिवारमा बसे पनि छोराबुहारी आआफ्नै काममा जाने र नातीहरु स्कूल र कलेज जानेहुँदा जेष्ठ नागरिकहरु दिनभर घरमै एक्लो हुने गरेका छन् । त्यसैले समूहले दिनभर उनीहरूलाई भेला गरेर कथा सुनाउने, उनीहरूसँग कुराकानी गर्ने र घुम्न लैजाने काम गरिरहेको छ ।

यसैबीच समूहले हालै वृद्धवृद्धाहरूलाई आंशिकरूपमा आत्मनिर्भर बनाउन सीप विकास तालिम प्रदान गरेको छ। समूहले जेष्ठ नागरिक सामुदायिक भवन निर्माणको लागि प्रतिव्यक्ति रु. १०० चन्दा माग गरी रु. १०० अभियानको घोषणा गरेको छ ।

Health Tips Ad Road Block