Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् । ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस–२०८२ को सफल पार्न सहयोग गर्ने संस्थाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले पर्यटनसम्बन्धी नयाँ ऐन राष्ट्रिय सभामा दर्ता भइसकेको जानकारी दिए । उक्त ऐनमा हिमाल आरोहीहरूले लामो समयदेखि उठाउँदै आएको आरोही कल्याणकारी कोषको व्यवस्था गरिएको उनले बताए ।

मन्त्री पाण्डेले सगरमाथाको अन्तर्राष्ट्रिय पहिचान माउन्ट एभरेष्टको रूपमा भए पनि नेपालको सन्दर्भमा सगरमाथा भन्ने नाममै यसको मार्केटिङ गर्नुपर्ने धारणा राखे।

भारत र चीनबाट मात्र उल्लेख्य संख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावनालाई दृष्टिगत गर्दै सरकार यस दिशामा योजनाबद्ध रूपमा अघि बढिरहेको उनले जानकारी दिए ।

कार्यक्रममा सगरमाथा दिवसको सफल आयोजना गर्न सहयोग गर्ने नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ठमेल पर्यटन विकास परिषद्, सगरमाथा आरोही संघ र हनुमानढोका दरबार संग्रहालय विकास समितिलाई सम्मान गरिएको थियो।

Health Tips Ad Road Block