Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बर्खायाममा पनि मेलम्चीको पानी नियमित आउने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बर्खायाममा पनि काठमाडौंमा मेलम्चीको पानी नियमित आउने भएको छ । बर्खामा नियमित पानी वितरणका लागि मेलम्चीको दायाँपट्टि रहेको रिबर्माखोलामा नयाँ ‘हेडवक्र्स’ लगायतका संरचना निर्माण गरिएको र त्यहाँबाट पानी ल्याउन आयोजनाको मुख्य सुरुङसम्म दुई वटा पाइप जडान गरिएको आयोजनाले जनाएको छ । नयाँ संरचनाको परीक्षणसमेत भइसकेको र खानेपानीमन्त्री प्रदीप यादव, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेलगायत मन्त्रालय र समितिका पदाधिकारीले त्यसको निरीक्षण गर्नुका साथै रिबर्माखोलाको पानी सुरुङसम्म ल्याउने कार्यको शुभारम्भ गरेका छन् ।

त्यस अवसरमा रिबर्माखोलाको १० हजार लिटर पानी सुरुङमार्गमा झारिएको छ । यो कार्यपछि अब हिउँदमा मात्रै आउने मेलम्ची खानेपानी बर्खामा पनि आउने सुनिश्चित भएको दाबी गरिएको छ । बर्खामा अहिलेको तुलनामा पानी केही कम हुन सक्ने तर विगतका वर्षमा जस्तो पूर्णरूपमा बन्द नहुने आयोजनाले जनाएको छ ।

यसअघि २०७८ असार १ गते मेलम्चीखोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स पूर्णरूपले क्षतिग्रस्त भएदेखि हिउँदमा मात्रै मेलम्चीको पानी वितरण हुँदै आएको थियो ।

Health Tips Ad Road Block