Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सातै प्रदेशले ल्यायो आगामी आर्थिक वर्षको बजेट, कुल २ खर्ब ८७ अर्ब

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय किचलो र विरोधकाबीच आइतबार मध्यरातिसम्म पनि केही प्रदेशको बजेट सार्वजनिक भएको हो ।

सार्वजनिक बजेटमा अंकको हिसाबले बागमती प्रदेशको आकार सबैभन्दा ठूलो छ भने गण्डकी प्रदेशको आकार सबैभन्दा सानो रहेको छ । सात प्रदेशको बजेट कुल २ खर्ब ८७ अर्बको रहेको छ । कोशी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोडको बजेट विनियोजन गरेको छ चालु आर्थिक वर्षका लागि कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड रहेको थियाे । मधेश प्रदेशमा आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ५८ करोड विनियोजन भएको छ । जबकि चालु आर्थिक वर्षमा ४३ अर्ब ८९ करोडको बजेट विनियोजन भएको थियो । सबैभन्दा ठूलो आकारको बजेट ल्याएको बागमती प्रदेशको आकार ६७ अर्ब ४७ करोड रहेको छ । आलु आर्थिक वर्षका लागि बागमतीले ६४ अर्ब ५४ करोड बजेट विनियोजन गरेको थियो ।

यसैगरी प्रदेशहरुमा सानो आकारको बजेट ल्याएको गण्डकी प्रदेशले ३१ अर्ब ५७ करोडको बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा ३२ अर्ब ९६ करोडको बजेट विनियोजन भएको थियो । यता लुम्बिनी प्रदेशले ३८ अर्ब ९१ करोडको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९५ करोड ९५ लाख रुपैयाँको थियो ।

त्यसैगरी कर्णाली प्रदेशले ३२ अर्ब ९९ करोड आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । कर्णाली प्रदेशमा विवाद भएपछि राति करिब १२ बजेतिर मात्रै बजेट सार्वजनकि भएको थियो । चालु आर्थिक वर्षमा कर्णालीको बजेट ३१ अर्ब ४१ करोडको रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशले ३३ अर्ब ४७ करोडको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको बजेटको आकारभन्दा बढी हो । चालु आर्थिक वर्षमा सुदूरपश्चिमले ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ल्याएको थियो ।

लुम्बिनी र गण्डकी प्रदेश सरकारले बजेटको आकार घटाएर ल्याएका छन् ।

Health Tips Ad Road Block