Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पेट्रोल, डिजेलको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पेट्रोल, डिजेल/मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा रु. १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु. २ ले बढाएको जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज १५ जुन २०२५ (असार ०१, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रु. १.४१ र डिजेलमा रु. १.६७ ले बढेर आएकाले मूल्य बढाएको जनाएको छ ।

बढाइएको मूल्य आज राति १ बजेदेखि लागु हुनेछ ।

नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा, दिपायलमा एक लिटर पेट्रोलको १६० रुपैयाँ र डिजेल तथा मट्टितेलको १४५ रुपैयाँ पर्नेछ ।

Health Tips Ad Road Block