Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ट्रेड टावरको आईपीओ बाँडफाँड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार ३ लाख २९ हजार ६४५ जनाले १० कित्ताका दरले र ५ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीले जेठ १४ देखि २० गतेसम्म आम सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर निष्काशन गरेको थियो । यस आईपीओमा २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरका लागि आवेदन दिएका थिए । त्यसमध्ये १४ हजार ८९७ आवेदन रद्द भएका छन् भने २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ । त्यसअनुसार ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँड गर्दा शेष रहेको ५.१९ कित्तामध्ये ५ जनालाई १–१ कित्ताका दरले र एक जनालाई ०.१९ कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

Health Tips Ad Road Block