विराटनगर । उद्योग संगठन मोरङको जेष्ठ ३० र ३१ गते सम्पन्न भएको ५२औं वार्षिक साधारण सभाले आगामी २ वर्षका लागि नन्दकिशोर राठीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, उपाध्यक्षमा सुरेन्द्र गोल्छा, विपिन कावरा, सुवोध कोईराला र कोषाध्यक्षमा पारस लुनिया निर्वाचित भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यमा सौरभ सारडा, वीरेन्द्र राठी, सन्तोष भगत, जयेन्द्र शर्मा, सृजन प्याकुरेल, उकेश अग्रवाल, दिपक अग्रवाल, सिद्धार्थ कावरा निर्विरोध निर्वाचित भएका छन ।
संगठनको विद्यानमा अनुरुप नवनिर्वाचित अध्यक्षले १ जना महिला समिति ३ जना कार्यसमिति सदस्य मनोनयन गर्ने प्रावधान अनुसार सदस्यमा प्रतिक राउत, पारस गोल्छा र महिला सदस्यमा किरण ब्यास लाई अध्यक्ष नन्दकिशोर राठीले मनोनयन गरेका छन् ।
संगठनको नवनिर्वाचित १७ सदस्यीय कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।






















