काठमाडौं । नेपाली स्मार्टफोन बजारमा प्रविधिको नयाँ अध्याय सुरु गर्दै, विश्वभर लोकप्रिय ब्रान्ड रियल मी ले आफ्नो अत्याधुनिक रियल मी १४ सिरिजको सार्वजनिक गरेको छ । प्राविधिक उत्कृष्टता, स्टाइल र गेमिङ क्षमताको अभूतपूर्व संयोजन भएको यस सिरिजमा रियल मी १४ टी फाइभ जी र रियल मी १४ फाइभ जी जस्ता शक्तिशाली स्मार्ट फोनहरू समावेश रहेकाे कम्पनीले जनाएकाे छ ।
रियलमी को यो नयाँ सिरिज आधुनिक प्रयोगकर्ताको आवश्यकता र चाहनालाई ध्यानमा राखी डिजाइन गरिएको हो, जसमा उच्च प्रदर्शन, गेमिङ–मैत्री विशेषता, उन्नत क्यामेरा प्रणाली र फास्ट चार्जिङ जस्ता सुविधाहरू समावेश रहेकाे कम्पनीकाे भनाइ छ ।
रियल मी १४ फाइभ जी, स्न्याप ड्रयागन सीङ्कसी जेन फाेर फाइभ जी, चिपसेट, एडभान्स बायोनिक कूलिङ सिस्टम र विशाल ६०००एम् ए एच् टाइटन ब्याट्रीले संचालित छ, जसमा १२० एच् जेड एएमओएल्इडी ईस्पोट्र्स डिस्प्ले, उत्कृष्ट कनेक्टिभिटीका लागि एन्टेना एरी म्याट्रिक्स टू प्वाइन्ट अफ, स्मार्ट ए आइ सुविधाहरू आइ पी ६६, आइ पी68/आइ पी 69 प्रमाणित उच्च टिकाउ संरचना समावेश रहेकाे छ । स्लिम र प्रिमियम डिजाइनः आकर्षक रूप र सजिलो ह्यान्डलिङ अनुभव, ए आइ आधारित क्यामेराः सामाजिक सञ्जालका लागि उत्कृष्ट फोटो/भिडियो अनुभव, आइ फाइभ जी ड्युल सिम सपोर्टः भविष्य–मैत्री कनेक्टिभिटी टेक्नोलोजी रहेको कम्पनीकाे भनाइ छ ।
रियलमी १४ सिरिजका मुख्य विशेषताहरू:
Realme 14 T 5G
यो फोन Media Tek Dimesity 6000f\ 5G\ प्रोसेसर बायोनिक कुलिङ सिस्टम, विशाल 6000f\ mAh ब्याट्री, उत्कृष्ट कनेक्टिभिटीका लागि Antenna Array Matrix 2.0f\, TUVnf] ब्लु लाईट प्रमाणित 120Hz AMOLEd\ डिस्प्ले र IP69 रेटिङसहित मजबुत संरचनाले सुसज्जित रहेकाे कम्पनीकाे भनाइ छ ।
120Hz AMOLEd डिस्प्लेः स्मूथ स्क्रोलिङ र लाइभ अनुभव प्रदान गर्ने अल्ट्रा–रिफ्रेश टेक्नोलोजी ।
50MP REAr\ AI क्यामेराः अत्यधिक स्पष्टतासहित रातिमा समेत उत्कृष्ट फोटोग्राफीको क्षमता ।
शक्तिशाली Dimensity चिपसेटः छिटो र सहज प्रदर्शनका लागि अत्याधुनिक प्रोसेसर ।
45w\ SUPERVOOC चार्जिङः छोटो समयमा भरपर्दो ब्याट्री चार्ज ।
डिस्प्ले
6.72 इञ्चको ठूलो FHD+ डिस्प्ले
120Hz को उच्च रिफ्रेस रेट, जसले गर्दा स्क्रोलिङ स्मूथ हुन्छ
2000nits सम्मको पिक ब्राइटनेस, जसले गर्दा उज्यालो घाममा पनि सजिलै देखिन्छ
प्रोसेसर
Snapdragon® 6 Gen 4 5G चिपसेट
शक्तिशाली प्रदर्शन र प्रभावकारी मल्टीटास्किङका लागि सक्षम
ब्याट्री
6000mAh ठूलो ब्याट्री
45w\ SUPERVOOC फास्ट चार्जिङ सपोर्ट
छोटो समयमा चार्ज, लामो समय प्रयोग
क्यामेरा
50MP मुख्य क्यामेरा
AI सपोर्टसहित स्पष्ट र आकर्षक तस्बिरहरू
8MP फ्रन्ट क्यामेरा — सेल्फी र भिडियो कलका लागि उपयुक्त
डिजाइन
अल्ट्रा स्लिम बडी (7.89mm)
हल्का तौल (190g)
आकर्षक र प्रिमियम फिनिश डिजाइन
स्मृति (RAM / Qmorage)
12GB RAM + 256GB स्टोरेज
Dynamic RAM Expansion;\ 12GB सम्म अतिरिक्त च्ब्ः प्रयोग गर्न सकिने
स्टोरेज विस्तारको लागि icroSd कार्ड सपोर्ट
सुरक्षा
साइड (माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर
AI फेस अनलक सपोर्ट
डुअल छन् सिम सपोर्ट
Realme UI 5.0f आधारित Android 14
3.5mm हेडफोन ज्याक र USB Type-C पोर्ट
उपलब्धता
रियलमी १४ सिरिज अब नेपालभरका आधिकारिक स्टोरहरू तथा अनलाइन डिजिटल पार्टनरहरू मार्फत उपलब्ध रहेकाे र ग्राहकहरूले नजिकको स्टोर वा आधिकारिक प्लेटफर्ममार्फत फोन अर्डर गरी विशेष अफरको लाभ लिन सक्ने कम्पनीकाे भनाइ छ ।






















