skip this News Page Tips Ad Road Block

काठमाडौंको एक ज्वेलर्सबाट बिल भरपाई नभएको दुई करोडको सुन र हिरा बरामद, चारजना पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल प्रहरीले दुई करोड रुपैयाँ बढी मूल्यका सुन, हीरा तथा पत्थरका गहनासहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतका ४३ वर्षीय हरिवोर सेख, ३९ वर्षका सुरोजित दास, ४० वर्षका तमोल साद्रा र १६ वर्षका सामुहिम सेख रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले यसबारे जानकारी दिएका हुन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर २२ प्यूखा कृष्णचोकस्थितमा भारत कोलकाताका ४३ वर्षीय हाविबोर सेखले मुन्ना जेम एण्ड ज्वेलर्स सञ्चालन गरी बिल भरपाई नभएका सुन, चाँदी तथा हीराका गरगहना बिक्री वितरण गरिरहेको सूचनाका आधारमा खोजतलासमा निस्किएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी यसबारेको घटना विवरण सार्वजनिक गरेको हो ।

सेखले सञ्चालन गरेको मुन्ना जेम एण्ड ज्वेलर्समा खानतलासी गर्दा फेला परेका बिल भरपाई बिनाका रु दुई करोड एक लाख ७८ हजार ३६० रुपैयाँ बराबरको सुन, हीरा तथा पत्थरका गरगहना फेला पारी बरामद गरिएको बोहराले बताएका छन् । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block