skip this News Page Tips Ad Road Block

दश महिनामा साढे १३ खर्ब रेमिट्यान्स नेपाल भित्रियो 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा रु.१३ खर्ब ५६ अर्ब ६१ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो।

नेपाल राष्ट्र बैंकले जारी गरेको दश महिनाको तथ्याङ्कअनुसार २०८२ वैशाख महिनामा विप्रेषण आप्रवाह रु.१६ खर्ब ५ अर्ब ३० करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.११ खर्ब ५ अर्ब ९९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

Health Tips Ad Road Block