Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’ उद्घाटन, अब गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन

Citizenlife ad 2082 falgun to baishak 2083

नवलपरासी, । पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गरिएको छ । नेपाल गण्डक पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले बेसिनको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

नेपाल गण्डक पश्चिमी नहरको सेटलिङ्ग बेसिन रु. ३५ करोड लागतको परियोजनामा अढाई वर्षमा सम्पन्न भएको हो । वि.सं. २०३९ सालमा निर्माण भएको नहरको सिंचाइ क्षमता ८ हजार ७०० हेक्टर क्षेत्रफल भए पनि मुहानमै बालुवा थुप्रिने समस्याका कारण २० प्रतिशत क्षमतामा मात्रै सिंचाई हुँदै आएको थियो ।

अहिले उद्घाटन भएको सेटलिङ्ग बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिनका साथै ८ हजार ७०० हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने बताइएको छ ।

कार्यक्रममा मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुबान र सिंचाइको समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको बताए । “यस क्षेत्रका माननीय ज्यूले मलाई यो कार्यक्रममा आउनुअघि नै भनिसक्नुभएको छ कि यहाँ रहेका ६ वटा नदिहरुमा तटबन्ध गर्नुछ, त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ, यसका लागि सरकार गम्भीर छ,” उर्जामन्त्री खड्काले भने ।

कार्यक्रममा पश्चिम नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विनोद चौधरीले अब साविक भन्दा नहरबाट पाँच गुणा बढि भूमिमा सिंचाई सुविधा उपलब्ध हुने भएपछि किसान लाभान्वित हुने धारणा राखे । “यो नहर पूर्ण सञ्चालनमा आउने व्यवस्था मिलाएपछि नवलपरासीका किसानको मुहारमा भरिएको खुसी देख्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको छ, ‘यहाँका नागरिकले ३५ वर्ष सिचाईँका लागि जुन संघर्ष गर्नुपरेको थियो, तपाईहरुको पिडासँग जोडिएको त्यो वेदनालाई अब सम्बोधन भएको छ,” उनले भने ।

सांसद चौधरीले उक्त क्षेत्रको डुवानको समस्या समाधानका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेर दिर्घकालिन समाधान निकाल्नसमेत मन्त्री खड्कालाई आग्रह गरेका थिए ।

Health Tips Ad Road Block