काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँमा रहेको छ ।
चाँदीको मूल्य भने उकालो लागेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।
आज चाँदी प्रतितोला २१६५ रुपैयाँ रहेको छ ।






















