काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६५ प्रतिशत अर्थात् १०० बराबर ६५ कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हकप्रद निष्काशनको अनुमति दिएको हो ।
कम्पनीले २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि संसिर २० गते बोर्डमा निवेदन दिएको थियो । हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रूपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँट पछि कम्पनीको पूँजी ६१ करोड २८ लाख १० हजार रूपैयाँ कायम हुनेछ ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ






















