Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । इन्स्योरेन्सको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुधबार अर्थात् जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

यस अनुसार आज (बैंकिङ)सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले असार १० गते, मंगलबार आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा साढे १० बजे आठौँ वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सको साधारण सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

Health Tips Ad Road Block