काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९० हजार ६०० सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २१५० रुपैयाँ रहेको छ ।






















