Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समतिको २०४ औं बैठकले शेयरधनीलाई ५.३६८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

त्यसमध्ये ५.१० प्रतिशत बोनस शेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (करप्रयोजनका लागि समेत) रहेको छ । हाल यस कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block