Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

देशका विभिन्न स्थानका गाई भैंसीमा देखिन थाल्यो लम्पी स्किन रोग, रोकथामका लागि के–के गर्ने ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । देशका विभिन्न स्थानमा गाई भैसींमा लम्पी स्किन रोग देखा पर्न थालेको छ । पशुसेवा विभागले यसलाई पुष्टि गरेको हो । विभागले गाई भैसींमा लम्पी स्किन रोग देखा पर्न थालेको भन्दै रोगको रोकथाम तथा नियन्त्रणका उपाय अपनान भनेको छ । विभागले एक सूचना जारी गर्दै सबैलाई सचेत गराएको हो ।

के हो लम्पी स्किन रोग ?

लम्पी स्किन रोग गाई भैंसीमा विषाणुबाट लाग्ने अति संक्रामक रोग हो। यो रोग सामान्यतया लामखुट्टे, झिंगा, किर्ना, भुसुना आदिको टोकाइबाट सर्छ। साथै सङ्क्रमित पशु एक स्थानबाट अन्यत्र लैजाँदा वा सङ्क्रमित पशुसँग प्रत्यक्ष सम्पर्कमा आएका अन्य पशुमा समेत सर्छ। छोटो समयमा धेरै स्थानमा फैलिन सक्ने भएकोले यस रोगको शीघ्र नियन्त्रण गर्न आवश्यक रहन्छ।

देशका विभिन्न स्थानमा गाई भैंंसीमा देखिएको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रण गर्न के गर्ने ?

पशु सेवा विभागका अनुसार गाई भैंसीमा देखिने लम्पी स्किन रोगको रोकथामका लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ ।

–स्वस्थ गाई र भैंसीलाई अनिवार्य खोप लगाउने।

–गोठ तथा फार्म परिसरमा नियमित सरसफाई गरी सफा र सुघर राखी लामखुट्टे, झिंगा, किर्ना, भुसुना आदि किराको संख्यालाई नियन्त्रण गर्ने।

–गोठभित्र वा बाहिर ब्लिचिङ्ग पाउडर, फर्मालिन, ग्लुटरअल्डिहाइड लगायतका रसायनहरु प्रयोग गरी निःसङ्क्रमण गर्ने।

–रोगको शंका लागेका पशुहरुलाई बथानबाट छुट्टाएर अलग्गै राखे।

–पशु मरेमा मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने।

–रोग देखा परेको क्षेत्रबाट गाई भैंसीको ओसारपसार नगर्ने।

–पशुको ओसारपसार गर्दा अनिवार्य रुपमा भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र लिएर मात्र गर्ने।

–फार्मको मुख्य प्रवेशद्वार तथा खोर बाहिर निःसङ्क्रमणमा प्रयोग हुने रसायनसहितको फुटबाथको व्यवस्था गर्ने।

–नयाँ पशु गोठमा भित्र्याउँदा बथानमा नमिसाई कम्तीमा २८ दिन अलग्गै राखी रोगको लक्षण नदेखाएमा मात्र बथानमा मिसाउने ।

विभागले लम्पी स्किन रोग विरुद्धको खोप जिल्लास्थित पशु सेवा हेर्ने कार्यालय र स्थानीय तहका पशु सेवा शाखाबाट निशुल्क प्राप्त गर्न सकिने पनि सूचनामा स्पष्ट पारेको छ ।

Health Tips Ad Road Block