काठमाडौं । गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु भएको छ ।
यस अवसरमा प्रभातफेरी गरिएको छ ।
‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु हामी, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ मुल नाराका साथ प्रभातफेरी गरिएको हो ।
सप्ताहिक जनचेतनामुलक कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिद्यार्थीलाई हेल्मेट लगाउन सिकाएर सुभारम्भ गरेका थिए । सवारी दुर्घटना न्यूनीकरण गरी धनजनको कम क्षती, विभिन्न सरकारी संयन्त्र, सरोकारवालाबी सहयोग, समन्वय तथा सहकार्य प्रवद्र्धन गर्ने, यातायात व्यवस्था सम्बन्धी ऐन नियमहरुको कार्यान्वयन, सामुदायिक संघ संस्था विद्यालय, नागरिक समाज, संचार क्षेत्र लगायतको सहभागिता अभिवृद्धि लगायत उद्देश्यका साथ कार्यक्रम गरिएको हो ।























