Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

असार ३१ गते ३०० दिनमा बनाइसक्ने उद्घोष गरेका प्रधानमन्त्रीले गरे निर्माणाधिन कीर्तिपुर रंगशालाको निरीक्षण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो निर्णय गरेका थिए कि ३०० दिनमा कीर्तिपुर क्रिकेट रंगशालालाई सुविधासम्पन्न रंगशाला बनाइनेछ । गत असार ३१ गतेको पहिलो निर्णय थियो यो । सामाजिक सञ्चालमा पहिलो निर्णय सार्वजनिक गरेर ओलीले लेखेका थिए ‘कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।’

त्यो निर्णय लेखेको करिब ११ महिनापछि प्रधानमन्त्री ओली कीर्तिपुर क्रिकेट रंगशालाको निर्माणाधिन स्थल निरीक्षणका लागि पुगे ।

उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको आइतबार स्थलगत निरीक्षण गरेका हुन् । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि उच्च प्राथमिकता दिँदै आएको बताएका छन् ।

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठसहित सम्लग्न निर्माण व्यवसायीले हालसम्मको कार्य प्रगतिबारे प्रधानमन्त्री ओलीलाई विस्तृत जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुुई महिनाभित्र काम सक्न निर्देशन पनि दिएका थिए । प्याराफिट र फ्लडलाइट जडान कार्यका लागि फरक-फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

कीर्तिपुरस्थित मैदानमा क्रिकेट रङ्गशाला निर्माणको काम तीन सिफ्टमा भइरहेको छ।

Health Tips Ad Road Block