Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

युएई जाने कामदारका लागि न्यूनत्तम एक हजार दिराम तलब निर्धारण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएइ) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ । श्रममन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै युएईस्थिति दूताबासको सुझावका आधारमा न्यूनतम तलब एक हजार दिराम हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रिस्तरीय निर्णय गरिएको बताएका छन् ।

उनले तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने बताए । युएई जाने कामदारको न्यूनतम तलब सुविधा एक हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणिकरण नहुने पनि बताइएको छ ।

‘युएई जाने कामदारको हकमा पहिले आठ सय, एक हजार र एक हजार दुई सय दिराम तलबको अनुपात लागू थियो । तर, अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम एक हजार, एक हजार दुई सय र एक हजार पाँच सय दिराम तलब निर्धारण गरिएको छ’, मन्त्री भण्डारीले भने, ‘तोकिएकोभन्दा कम तलब भए कुनै पनि मागपत्र प्रमाणीकरण हुनेछैन । ’

युएई जाने नेपाली कामदारको हितमा यो निर्णय उपलब्धिमुलक हुने उनको विश्वास रहेको छ ।

Health Tips Ad Road Block