Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा १३ प्रतिशत कर लगाएको भन्दै चिकित्सक संघको आपत्ति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल सरकारले महिलाले महिनावारी भएको समयमा प्रयोग गर्ने स्यानिटरी प्याड, मिन्ट्रुअल कप्स, मिन्ट्रुअल ट्याम्पोन लगायत स्यानिटरी प्रोडक्टहरुमा १३ प्रतिशत कर लगाएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै संघले यस विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

महिलाको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस विषयमा नेपाल सरकार उदासीन हुँदा कैयौं महिलाहरू स्यानिटरी प्रोडक्ट उपभोग गर्नबाट वचिन्त हुनुपर्ने र यसबाट महिलाहरुको स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने गरेको संघको ठकर छ ।

हरेक महिना महिनावारी व्यवस्थापनमा प्रयोग हुने वस्तु सहजरूपमा उपलब्ध गराउनु नेपाल सरकारको दायित्व भएको भन्दै संघले यस विपरित महिलाका लागि अत्यावश्यक रहेको स्यानिटरी प्रोडक्टहरुमा कर लगाउनु आपत्तिजनक रहेको बताएको छ ।

संघका महासचिव डा. सन्जिव तिवारीद्धारा जारी विज्ञप्तिमार्फत भनेको छ, ‘महिनावारी व्यवस्थापनमा प्रयोग हुने स्यानिटरी प्रोडक्टहरुमा कर छुट गर्न तथा यस्ता वस्तुहरु स्वदेशमै उत्पादन गरी आत्मनिर्भर बन्नका लागि आवश्यक कदम चाल्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

Health Tips Ad Road Block